अस्ट्रेलियामा एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण



अस्ट्रेलियाको तास्मानीया राज्यको होर्बाटस्थित होटलमा कार्यरत एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार २० वर्षीय ती युवा नेपालबाट सिंगापुर, सिड्नी ट्रान्जिट हुँदै गत फागुनमा होर्बाट पुगेका थिए । उनलाई रुघाखोकी लागेको भएपनि स्वास्थ्य परीक्षण नगरी होटलमा काम गर्न पुगेका थिए ।

उनले गत हप्ता होबार्टको ग्रान्ड चान्सलर होटलमा केही दिन काम गरेका कारण उनीसँग नजिक भएर काम गर्नेहरुलाई छुट्टै बस्न चिकित्सकले सुझाव दिएका छन् । उनमा रुघाखोकीको थप लक्षणहरु देखिन थालेपछि नेपालबाट फर्किएको नौ दिपछि मात्र रोयल होर्वाट अस्पतालमा परीक्षणका लागि भर्ना भएका थिए ।

उनको स्वास्थ्य परीक्षणपछि भाइरसको पोजेटिभ लक्षण देखिएको थियो। उनीसँगै बस्ने चार र अन्य तीन जनालाई १४ दिनसम्म छुट्टै राखिएको छ। उनको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सक मार्क भेचलले जानकारी दिएका छन् । हालसम्म तास्मानिया राज्यमा मात्र एक सय १४ जनाको परीक्षण भइसकेको छ ।

अस्ट्रेलियामा मात्र ३८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको छ भने चार सयभन्दा बढीको परीक्षण अनुसन्धानमै रहेको छ । अस्ट्रेलियामा कोरोनाका कारण तीन जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।