सरकारलाई आमरण अनशनरत लक्ष्मण थारुको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुको समस्यालाई वार्ताका माध्यमबाट समाधान खोजी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न माग राखेर यही फागुन १ गतेदेखि धनगढीमा आमरण अनशनमा रहेका नेता थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजका माग सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुगी जीवन रक्षा गर्न आग्रह गरिएको छ ।

“आपसी विमतिका विषयलाई वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानका लागि आमरण अनशन जस्तो कठिन बाटो नरोज्नसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन