संसदमा प्रधानमन्त्रीले शनिबार सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ ।

शुक्रबार २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो । तर राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएपछि नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।