चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने



काठमाडौं । नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उनले बैठकमा निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभयो भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए । नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय नेपालले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन