यस्तो छ प्रचण्डको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ चैत २५ मा गर्ने प्रस्ताव गरेका छन् ।
यस्तै २०७७ भदौदेखि मङ्सिरसम्ममा ७ सय ५३ वटै स्थानीय तह र ७ प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।
प्रचण्डले राजनीतिक प्रतिवेदनमा साउनको दोस्रो हप्ताभित्र सबै जिल्ला कमिटिले जिल्लाको प्रगतीको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।