प्रधानमन्त्रीलाई देउवाको प्रश्नः यो के को धक्का हो र कहाँबाट आउँछ ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि सापकोटाको सफल कार्यकालको शुभकामना दिदै प्रतिपक्षी दलले सभामुखलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रतिपक्षी दललाई विश्वासमा लिएर अघि बढ्न सभामुखलाई आग्रह गरे । उनले सभामुख तटस्थ पद भएकाले त्यसै अनुरुपको भूमिका निर्वाह गरे ।

उनले भने, विपक्षीलाई विश्वासमा लिएर काम गर्न जति सजिलो हुन्छ, त्यसैले तपाईंको सफलता त्यसैमा भरपर्छ।’ उनले लोकतन्त्र विरोधी विधेयकहरु संसदबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले प्रधानमन्त्रीले लोकतन्त्रका ठूला कुरा गर्नुभयो । लोकतन्त्र विरोधी विधेयकहरु हटाउनुपर्यो ।’

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा प्राकृतिक धक्काका बारेमा बोलेको कुरा आफूले नबुझेको बताए । प्रधानमन्त्रीले प्रश्न गरे, ‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो र कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भनेको हो, त्यसो स्पष्ट होस् ।’
सभापति देउवाले अमेरिकी सरकारको सहयोग एमसीसी अनुमोदन गर्नुपर्ने बताए । उनले अमेरिका, चीनले आपत्ति छैन भनेर बोलिसकेकाले यसलाई पारित गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चियाको भारत निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न