एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैनः स्वास्थ्यमन्त्री



कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असंैना स्वास्थ्यचौकीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र नबन्ने बताएका हुन् ।

पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको भन्दै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउन आग्रह गरे । ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २ सय ४२ नयाँ कानून बनाएको भन्दै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय