विमानस्थलको त्यो सिसीटिभी डेटा त्यति सजिलै फेसबुकमा नआउनु पर्ने हो



नारायण गाउँले ।

सिसिटिभी फुटेज ‘सेन्सेटिभ डेटा’ हो । अझ एअरपोर्ट सुरक्षा जाँचस्थलको ! त्यसमा आस्था राउतको मात्रै तस्बीर छैन । त्यस्तो लाइभ भिडियो खिच्ने, भण्डारण गर्ने र उपयोग गर्ने सम्बन्धमा पक्कै नेपालमा पनि स्पष्ट कानुन बनेको होला । त्यो डेटा त्यति सजिलै फेसबुकमा नआउनु पर्ने हो । त्यसको अर्थ डेटा सुरक्षा एकदम कमजोर छ भन्ने हुन्छ ।

यस्ता साना गल्तीहरूले हामीलाई कालोसूचीमा रहिरहन मद्दत गर्छन् । आस्थाजीको सम्बन्धमा त यो भिडियोमा नयाँ केही छैन । उहाँकै मुखबाट सबै रामायण सुनिएकै थियो । कफी झोलामैं खन्याइदिन खोजेको एउटा दृश्यबाहेक अरूमा प्रहरीको दुर्व्यवहार पुष्टि हुने कुनै कुरा त्यहाँ छैन । तर आस्थाजीको पूरै भिडियो भने गालीले भरिएको छ । अब ‘सामन्तवाद’ भन्नेबित्तिकै धेरैको आँखामा उहाँकै अनुहार आउनेछ ।

अँ, प्रायः धेरै वटा एअरपोर्टमा सुरक्षा जाँच नजिकै बिन हुन्छन् । त्यहाँ पनि राख्न सकिन्छ र यात्रीले कुनै सामान छोड्यो या छोड्न चाह्यो भने कर्मचारीले बिनमा हालिदिन सक्छन् । त्यसपछि जबर्जस्ती लैजा भन्नु पर्दैन । यो एअरपोर्टको कस्टमर-केयर भित्रै पर्छ । प्रायः जसो ठाउँमा ग्राहकले रूखो व्यवहार देखाए पनि कर्मचारीले नम्रतापूर्वक नै डिल गरेको देख्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा