के भएको थियो विमानस्थलमा आस्था र प्रहरीबीच ? हेर्नुस् भिडियो



काठमाडौं । गायिका आस्था राउत र प्रहरीबीच बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विवाद अहिले चर्चाको विषय बनेको छ । भारतको सिलगढी जानका लागि काठमाडौंबाट झापा जाने क्रममा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको गायिका राउतले भिडियो सामाजिक संजालमा पोष्ट गरेकी थिइन् ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । विमानस्थलबाट संचारमाध्यमलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गरेपछि त्यसक्रममा विवाद भएको देखिन्छ ।

अनि आस्था र एक महिला प्रहरीबीच कफीको कप यताउता गरेको देखिन्छ । त्यसक्रममा कफी टेबलमा पोखिएको दृष्यमा देखिन्छ । त्यसपछि आस्था कफी छोडेर हिंडेको दृष्यमा देखिएको छ ।

तर आस्थाले आफूलाई प्रहरीले दुव्र्यवहार गर्दै ज्याकेटमा कफी पोखिदिन्छु भनेको बताएकी छन् । आस्थाले सिंगै प्रहरी संगठनलाई लान्छना लाएको भन्दै उनको विरोध भएको थियो । त्यसपछि अस्थाले आफूले सिंगो संगठनलाई नभई दुव्र्यवहार गर्ने व्यक्तिविरुद्ध आक्रोश पोखेको भन्दै क्षमायाचना समेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन

अर्काको देशमा गएर मर्न तयार हुने तर आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र