‘अमेरिका भनेको ट्रम्पमात्रै र नेपाल भनेको ओलीमात्रै होइन’



नारायण गाउँले ।

ओलीजीलाई पत्याउने हो भने अमेरिकासँग पाँच सय अर्बको सम्झौता भइसकेको छ । पैसा आउन मात्रै बाँकी छ । एमसिसि जम्मा पचपन्न अर्बको हो । एमसिसि जस्ता कम्तिमा थप आठवटा सम्झौता अमेरिकासँग भइसकेको देखिन्छ । एउटा एमसिसिको विरोध गरौँला तर सम्झौता भइसकेको थप चार सय पचास अर्बको के गर्ने ? यो त झन्डै राष्ट्रिय बजेटको चालीस प्रतिशत हुन आउँछ ।

एमसिसीको विरोध गर्ने नागरिक हक तपाईंसँग छ । तर त्यसका निम्ति पढ्दै एटम बमजस्तो लाग्ने भरत दाहालजीले मिहिनेत पूर्वक बनाउनुभएका आफ्नै बुँदा या प्रधानमन्त्रीले आफ्नो अज्ञानता र हावा स्वभावका कारण दशौं गुना बढ़ाएर प्रस्तुत गरेको फिगर होइन, एकपल्ट सम्झौता आफै पढेर आफ्नै हातले विरोध गर्नुपर्ने कारण र बुँदा टिपोट गर्नुहोस् ।

आर्थिक सहयोग गर्नेबित्तिकै सेना आइहाल्छ भन्ने तर्क गर्ने हो भने त आजभन्दा तीस वर्षअघि नै अमेरिका नेपालको सबैभन्दा ठूलो दाता मुलुक बनेको थियो । एमसिसि त बरु अमेरिकी भए पनि स्वायत्त निकाय हो, अमेरिकी सरकारकै प्रत्यक्ष आर्थिक सहयोग हामीले लिँदै आएका छौं । वसन्तपुर दरबार भर्खर उसैले बनाइदियो । अब सेना त्यहीँ आएर बस्ने भो !

अमेरिका भनेको ट्रम्पमात्रै र नेपाल भनेको ओलीमात्रै होइन । भोलि अमेरिकी सरकारले समेत एमसिसिको दुरुपयोग गर्न नसकोस् र त्यसलाई सैन्य सहायता भनेर राजनैतिक स्वार्थमा बदल्न नसकोस् भनेर तोकेरै कुनै पनि सैन्य गतिविधि र उपकरणमा एक पेन्स पनि खर्च गर्न नपाइने कुरो सम्झौतामैं उल्लेख छ । पूरै खर्च विशुध्द रूपमा आर्थिक समृद्धि र गरिबी निवारणमा होस् भनेर प्रशासनिक खर्चको सिलिङ् तोकिएको छ र खर्चका कडा नियम र शर्तहरू राखिएका छन् । एकदम कडा नियम राख्नुको एकमात्र उद्देश्य र कारण दुबै पक्षले यसको दुरुपयोग हातहतियार खरिद या अन्य सैन्य गतिविधि र अपचलनमा प्रयोग गर्न नसकून् भन्ने देखिन्छ । यी शर्त नेपालका लागि मात्रै होइनन् । नरम शर्त राख्ने हो भने पैसा कहाँ पुग्छ भन्ने मैले भनिरहनु पर्दैन ।

भोलि अन्यथा लाग्यो भने जुनसुकै समयमा कुनै कारण नदेखाई नै नेपाल या एमसिसि दुबैले यो सम्झौता तोड्न सक्छन् । एकपल्ट यो आधिकारिक नेपाली भर्सन पढ्नुहोस् । सबै ठीक छ भन्ने होइन । तर कम्तिमा विरोध त तपाईंको आफ्नै र अर्ग्यानिक हुनुपर्यो नि भन्ने हो । हुन सक्छ, जेन्युइन रूपमैं विरोध गर्नुपर्ने अन्य धेरै कुरा तपाईंले भेट्नुहुनेछ तर जे प्रचार गरिएको छ ती भने धेरै जसो कोठामा बसेर आतङ्कित बनाउन आफै रचिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले