अब कुनैआमालाई यस्तो नहोस्



पानी दर्किरहेको थियो । सार्वजनिक यातायातमा तिनकुनेस्थित कार्यालयतर्फ जाँदै थिएँ। गाडीको सिटमा एउटी बृद्धा आमा धरधरी रोएको देखेँ। ‘यसरी किन रोएको आमा ?’ भनेर मैले सोधेँ । आमा पानीले निथ्रुक्क भिजेकी थिइन् । खुट्टामा चप्पल थिएन । चिसोले ओठ मुख काँपीरहेका थिए । उनले आफुलाई छोरा बुहारीले हेँला गर्दै घर निकाला गरेर पशुपति बृद्धाश्रम खोज्दै हिँडेको बताइन् ।

ति आमाले भने अनुसार शुरुमा बुहारीले हातपात गरेर लखेटेपछि नुवाकोट ककनीबाट आएर काठमाडौं स्वयम्भुमा रहेकी छोरीकहाँ आश्रय लिएकी रहिछन् । आज छोरीले पनि डेराबाट निकालेर सडकमा पु¥याइछन् । उनीसँग गाडी भाडा पनि रहेनछ । उनको रोदन देखेर मेरा आँखा रसाए । एक मनले सोच्यो लेखेर पो सहयोग गर्न सकिन्छ की । अर्को मनले सोच्यो, हैन पहिला उद्धार गर्नुपर्छ ।

त्यसपछि मैले गाडीका यात्रुसँग पचास–सय गर्दैकेही सहयोग रकम उठाएँ । एकजना सहृदयी महानुभावले पाँच सय नै दिए । झण्डै आठ नौ सय रुपैयाँ उठेछ । आमालाई थमाएपछि मुठो पारेर धरोभित्र घुसारिन् । अनि सोधिन् – ‘बृद्धाश्रम कहाँछ बाबू!’

गौशाला आइपुगेपछि आमालाई ए क महिला यात्रुको सहयोगमा पानीमा भिज्दै प्रहरी प्रभागमा लगियो । पशुपति बृद्धाश्रममा बस्न वडाको सिफारिस र केही रकम व्यहोनुपर्ने बुझिन आयो । त्योसंभव थिएन । प्रहरीले बृद्धाको लानपालन स्याहारसुसारका लागि ‘आमा’ संस्थाको जिम्मा लगाउने भएको छ ।

प्रहरी कार्यालयको बेञ्चिमा बसेपछि आमा फेरी भक्कानिइन् । सायद उनले छोरा, छोरी, बहुारीको व्यवहार सम्झिइन् । मेरो मन फेरी भारी भयो । मेरो रोहवरमा प्रहरीको जिम्मा लगाएपछि म कार्यालयतर्फ लागेँ । गौशाला प्रहरीलाई यो सहयोगका लागि हृदयदेखि नै धन्यवाद । म पनि धन्य छु । चिसो झरीमा आज आमालाई बासको व्यवस्थाका लागि सानो सहयोग गरिदिन पाएँ।
धिक्कार छ ति सन्तानलाइ, जस्ले बृद्धा आमालाई धरधरी रुवाउँदै सडकमा पु¥याए । मेरो कामना छ : अब कोही आमाले यस्तो नियति भोग्नु नपरोस् ।

पत्रकार यम बिरहीको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी