अमेरिकी आक्रमणमा इरानको विशेष सैन्य दस्ताका प्रमुख कासिम सुलेमानीको मृत्यु



इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकमा आक्रमण गरी मारेको अमेरिकाले जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ। इरानको रिभोलुशनरी गार्ड्सले शुक्रवार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ।

यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिहरूको मृत्यु भएको विवरण आएको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनापछि अमेरिकाको झण्डा ट्वीट गरेका छन्।

एउटा विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले भनेको छ: “राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ।”

“यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो।” “अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयको संसारभर रक्षा गर्ने कार्य गरिरहने छ।”

इरानले सुलेमानीलाई अमेरिकी हेलिकप्टरले आक्रमण गरेर मारेको बताएको छ।

इरानी टीभीले सो आक्रमणमा इराकी विद्रोही नेता अबु महदी अल-मुहान्दीस पनि मारिएको समाचार प्रसारण गरेको छ।

समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिएपनि त्यसको पुष्टि भएको छैन।

बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले बिहीवार बेलुकी राजदूतावासको घटनाका लागि इरान जिम्मेवार रहेको बताउँदै अमेरिकी नागरिकमाथिको आक्रमण नसहने बताएका थिए।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो। सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ।

जनरल सुलेमानीले सिरियामा बसार अल-असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए।

इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनको क्विड दस्ता सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा रहेको छ। उनले सन् १९८० को दशकमा भएको इरान-इराक युद्धमा लडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत