धेरै बुझेका र केही नबुझेकाहरुले एमसिसीको विरोध गरेका हुन्ः संचारमन्त्री बास्कोटा



काठमाडौं । सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धि सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने बताएका हुन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले जुनसुकै हालतमा पनि यो पारित हुने बताए । ‘फोबियाहरुद्वारा हामी चल्न चाहँदैनौँ । पो पास हुन्छ’, उनले भने ।

पार्टीभित्र नै एमसीसीको विरोध भइरहेको सन्दर्भमा बास्कोटाले यसको विषयमा धेरै बुझेका र केही नबुझेकाहरुले विरोध गरिरहेका बताए । ‘एमसीसी र ईण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरु कि धेरे बुझेको हुनुपर्छ कि केही नबुझेको । अंग्रेजी नी जान्या छ, स्पेनिस नि जान्या छ, हिन्दी नि जान्या छ, चाईनिज पनि जान्या छ, भने यति धेरै जान्नेले नै जान्दछ । मलाई जहाँसम्म लाग्छ एमसीसी आउँदा ईण्डो प्यासिफिक भन्ने शब्दावली नै आएको थिएन् ।’’

नेकपाको विदेश विभागले समेत यसको विरोध नगरोको भन्दै बास्कोटाले दलको बैठकमा कुरा आउँदैमा केही फरक नपर्ने बताए । ‘दलको बैठकमा अनेकौँ कुराहरु उठ्छन् नी उठेका सबै कुरा कहाँ पास हुन्छन् । कहाँ सदर हुन्छन् । हुँदैनन् नी’, बास्कोटाले भने ।

बास्कोटाले एनसेललाई फ्रिक्वेन्सी दिइएको सन्दर्भमा सबै पारदर्शी रुपमा भएको बताए । इतिहासमै पहिलो पटक बोलकबोल प्रकृयाबाट वितरण गरिएको भन्दै बास्कोटाले यो पारदर्शी भएको उनको दाबी थियो । ‘‘लिलामीमा भाग लिन मापदण्ड बनेका थिए । मापदण्ड पुगेका कम्पनीहरुले भाग लिए । जसको लाइसेन्स नै छैन् । जुन कम्पनी टाट पल्टेको छ त्यसलाई दिएन भनेर हुन्छ’, उनले भने, ‘९ मेगाहर्ज लिलामी भएको छ । यसबाट ४५ करोड सरकारलाई आउँछ । टेलिकमले त्यही रेञ्जमा प्रयोग गर्छ । हावाबाट नै ९० करोड रुपैयाँ आउँछ ।’’

बास्कोटाले राष्ट्रिय जनता पार्टीसँग भएको चुनावी गठबन्धन स्वभाविक भएको बताए । राजनीतिको कुनै सीमा नुहने भन्दै बास्कोटाले आफनो पार्टीले कुनै पनि दललाई विपक्षी बनाउन नचाहेको बताए । राजपाले पनि सुरुमा सरकारलाई समर्थन गरेको स्मरण गर्दै बास्कोटाले बिचमा केही खाल्डाखुल्डी परेर मन भाँचिएको बताए । ‘‘सरकारमा आउनुभयो भने वेलकम छ । एक, दुई जना मन्त्री फिर्ता बोलाउनुपरेपनि बोलाउँछौँ । भागवण्डाको कुरा भएन् नेकपा उदार छ । सरकारबाट कोही पनि बाहिरिनु पर्दैन् ।’’ उनले भने।

प्रवक्ता बास्कोटाले नेपाल भारत सीमा क्षेत्रमा बिओपी थप्न कुनै कुराले पनि समस्या नगर्ने बताए । आफ्नो देशको आन्तरिक सुरक्षालाई व्यवस्थित गर्न बिओपी थपिन लागेको बताए । सीमा समस्या समाधानका लागि सरकारले काम गररहेको बताउँदै बास्कोटाले उत्तेजनात्मक हिसाबले समस्या नहुने तर काम तेल हालेर नबसेको बताए । १ सय १४ वटा बिओपी थपेर भारतलाई युद्धको निम्तो नदिएको भन्दै बास्कोटाले देशको आन्तरिक सुरक्षाका लागि यो गरिन लागेको बताए ।

गोकर्ण रिसोर्टसँग थप गरिएको सम्झौताका पहिलेको भन्दा बढी पैसा तिर्नुपर्ने गरि गरिएको बताए । ‘‘कसैले सञ्चालन गरिरहेको थियो । भिजिट नेपाल चल्दैछ । उसको संरचना छ । उसको लगानी छ । त्यसको हिसाबकिताबमा म जान्न पहिले जति दिएको थियो अब त्यसले त्यो भन्दा बढी तिर्नुपर्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको

गणतन्त्रका कारण भ्रष्टाचार बढ्यो भन्नु मिथ्या प्रचारः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर

जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका

अहिलेको शासन प्रणालीप्रति भ्रम छर्ने र वितृष्णा छर्ने प्रयास कदापि सफल हुने छैनन्ः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका