के-हब कार्यक्रमका लागि काठमाडौं महानगर र युएनडिपीबीच सम्झौता



काठमाडौं । काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब) कार्यक्रम थालनी गर्न काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ ।

राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र युएनडिपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवाहरुबीच उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर सहरी युवाका लागि यो कार्यक्रम थालनी गर्न लागेको जानकारी दिए । यो कार्यक्रममा आफ्नो ठाउँमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि बाध्यताबश बिदेश जानु पर्ने अवस्थाका सहरी युवालाई सहभागी गराइने बताए ।

सहरी योजना आयोगका सदस्य डा. कीर्ति कुसुम जोशीका अनुसार निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने गरी युवालाई प्रोत्सााहन हुने गरी कार्यक्रम सञ्चालन हुनेछ । यस कार्यक्रम अनुसार आगामी साढे २ बर्षभित्र कम्तीमा ५ वटा उद्यम सञ्चालन हुनेछन् ।

सम्झौतापछिको युएनडिपीकी आवासीय प्रतिनिधि लबेले स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा बस्तुलाई बिक्री योग्य बनाउने र उत्पादित सामानलाई बजारको पहुँचमा पुर्याउने लक्ष्यसहित यो कार्यक्रममा युएनडिपि सहभागी भएको जानकारी दिइन् ।

सम्झौताबमोजिम शुरुवातमा कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपनाजस्ता बिषयमा अध्ययन र कार्यक्रम सञ्चालन ढाँचा तयार पारिनेछ ।

‘नविन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता बिषय पहिचान अहिले गरिनेछ काम हुन् । छनौट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार पार्ने बिषय अहिले सम्झौता पत्रमा उल्लेख छ । यही आधारमा साझेदारिता अघि बढ्नेछ ।

कार्यक्रममा सहभागी गराइने युवालाई – व्यापार अनुसन्धान, लगानीको क्षेत्र र जोखिम, एकल र संयुक्त लगानी, व्यापार प्रबर्धन र सञ्जालीकरण, व्यापारिक कोण, व्यापार गर्दा अबलम्बन गर्नुपर्ने कर सम्बन्धि जानकारी, व्यापारमा प्रबिधिको प्रयोग, व्यापारिक कार्यमा प्राप्त हुने अनुदान रकम र यसको व्यवस्थापन जस्ता बिषमया तालिम दिइनेछ । यसबाट सहभागीहरु उद्यमशील बन्न प्ररित हुने कार्यक्रम सञ्चालनको आधार बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन