अख्तियार प्रमुख भन्छन् -अब अख्तियार चुप लागेर बस्दैन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर बस्न नसक्ने बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार दिवसको अवसरमा सोमबार काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर नबस्ने बताएका हुन् ।

उनले कानून निर्माताहरुले नै कानुनको दायरा भित्र रहेर कार्यसम्पादन नगर्ने हो भने भ्रष्टाचार मौलाउँदै जाने बताए । प्रमुख आयुक्त घिमिरेले गत वर्ष अख्तियारले अदालतमा दायर गरेको मुद्दाहरुमा ८८ प्रतिशत सफलता मिलेको जानकारी दिए ।

उनले यस वर्षको साउन यता १ सय ७० वटा मुद्दा दायर गरेकोले भ्रष्टाचार नियत्रणमा गतवर्ष भन्दा बढी सफलता पाउने बताए । कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अदालतमा मुद्दा बढ्दै जानुले भ्रष्टाचार बढ्दै गएको स्पस्ट हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन