सत्याग्रहमार्फत हिन्दू राज्य र राजसंस्था पुनस्र्थापना होला ?



हातमा खबर टिप्पणी

मलाई यो जिन्दगीले कहाँ पुर्यायो ? कहिले रुवायो, कहिले हँसायो ……. चर्चित गायक रामकृष्ण ढकालको स्वर, कालिप्रसाद रिजालको शव्द र शम्भुजित बास्कोटाको संगीतमा गुन्जिने यो गीत ठ्याक्कै मेल खान्छ एकजना नागरिक अभियन्ता हेमबिक्रम सिलवालको हकमा ।

यो गीतको सन्दर्भ र पृष्ठभूमिमा जस्तै खासमा सोचले मानिसलाई कहाँ कहाँ पुर्याउछ भनिदा झन् सार्थक हुन जान्छ, एकजना देशभक्त नेपाली सपूत हेमबिक्रम सिलवालका सन्दर्भमा । सोचमा आएको परिवर्तनले आज उनलाई एक सत्याग्रही बनाएको छ ।

२०७६ साल मंसिर १ गते देखि राजधानीको रत्नपार्कमा एक सत्याग्रहीका रुपमा सिलवालले आफ्नो छबी र पहिचान परिवर्तन गरिरहेका छन् । स्वतन्त्र नागरिक समाज नामक समूहबाट नेपालमा हिन्दू राज्य र राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्दै आएका सिलवाल अहिले भने सत्याग्रहमार्फत संविधान र व्यवस्था परिवर्तनको माग पूरा गराउन आफू एक्लै भिडिरहेका छन् ।

काठमाडौँको रत्नपार्क परिसरमा उनले धेरै वर्ष साप्ताहिक वा मासिक कोणसभा र जुलुसहरु गरेर राजसंस्था र हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आएका थिए ।

काठमाडौँको रत्नपार्क परिसरमा उनले धेरै वर्ष साप्ताहिक वा मासिक कोणसभा र जुलुसहरु गरेर राजसंस्था र हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आएका थिए । त्यही रत्नपार्क परिसर हो जहाँबाट देशका महत्वपूर्ण राजनीतिक परिवर्तनहरु भएका छन् ।

२०६२ सालमा सात दलको आन्दोलन त्यहीबाट सुरु भएको थियो, जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको तहसम्म पुर्यायो । देशमा अहिले गणतान्त्रिक राज्य व्यवस्था चलिरहँदा देश धर्मनिरपेक्ष र राजाबिहीन छ ।

अनि त्यही काठमाडौँको रत्नपार्कबाट एकजना सिलवाल ७२ घण्टे सत्याग्रह मार्फत देशलाई हिन्दू धर्म र राजसंस्थासहितको राज्य व्यवस्थामा पुनः फर्काउन सत्याग्रहमा उत्रेका छन् । सिलवालले आफैं नेतृत्वको स्वतन्त्र नागरिक समाजले रत्नपार्कस्थित शान्ति बाटिकामा सत्याग्रह सुरु गरिरहँदा उनी एक्लो सत्याग्रही छन् ।

तर व्यक्ति एक भए पनि उनका पर्दा पछाडि नेपालीलाई हिन्दू राष्ट्र बनाउन चाहने ठूलो जनमत पनि छ । सत्याग्रह आइतबार विहान नौ बजेदेखि सुरु भएर मंसिर ४ सम्म चल्ने छ । त्यसमा कतिपय मान्छे त्यही नगएर पनि उनलाई नियालिरहेका हुनेछन् ।

उसो त देशमा थरी थरीका राजा र राजसंस्थावादी दल, समुह र समाजहरु छन् । तर सिलवाल मोही माग्ने ढुंग्रो पनि देखाउने हक्की स्वभावका राजसंस्थावादी, हिन्दूवादी हुन् ।

किनभने २०७२ को संविधान जारी गर्दा जनताको राय बिपरित देशलाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष गरिएकोमा जनताको ठूलो हिस्साको असन्तोष रहेको छ । त्यो असन्तुष्ट जनमतको प्रतिनिधित्व उनले गर्छन् । यसअर्थमा उनी एक्ला सत्याग्रही मात्रै होइनन् ।

उसो त देशमा थरी थरीका राजा र राजसंस्थावादी दल, समुह र समाजहरु छन् । तर सिलवाल मोही माग्ने ढुंग्रो पनि देखाउने हक्की स्वभावका राजसंस्थावादी, हिन्दूवादी हुन् ।

त्यसैले उनले पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमलको तस्बिर अंकित ब्यानरसहित सत्याग्रह सुरु गरेका छन् । अधिकाँश राजावादी भित्री कोठे वैठक र भेटवार्तामा आफूलाई २४ क्यारेटको राजावादी भन्छन् अनि सार्वजनिक मञ्चहरुमा हिन्दूत्वको मात्रै कुरा गर्छन् ।

सत्याग्रही सिलवाल भित्र होस् की बाहिर एकसूत्रिय मुद्धा उचाल्छन, हिन्दूत्व र राजसंस्थाको । दुबै मुद्धा एक अर्काका पूरक रहेको उनको बुझाई र ठम्याई रहेको छ ।

यसमा कुनै छदमपना छैन, दोधार वा द्धैध चरित्र पनि छैन । त्यसैले होला, पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ उनको यो सत्याग्रहमा ।

विचारमा प्रष्टता, हक्की स्वभाव र प्रष्ट भिजन र मिसन बोकेका सत्याग्रही सिलवाल सिधै पूर्वराजारानीको तस्बिर मुनी बसेर देशलाई हिन्दूत्व र राजसंस्थाका सहितको राजनीतिक व्यवस्थामा फर्काउन लागिपरेका छन् । यसको अर्थ उनको यो सत्याग्रह जे छ, व्ल्याक एण्ड ह्वाईट छ ।

यसमा कुनै छदमपना छैन, दोधार वा द्धैध चरित्र पनि छैन । त्यसैले होला, पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ उनको यो सत्याग्रहमा ।

स्वतन्त्र नागरिक समाजले सत्याग्रहलाई सफल बनाइ मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ । अब क्रमशः यो मुद्धामा विचार मिल्नेहरुले उनलाई साथ दिदै जाने देखिन्छ ।

सिलवालको यो आव्हानमा राजनीतिक दलहरु भने खुलेर समर्थनमा आइसकेका छैनन् । कमल थापा नेतृत्वको राप्रपा होस की पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त नै किन नहोस् सिलवालको यो सत्याग्रहमा अग्रमोर्चामा समर्थक र सहयोगी रहनु पर्ने हो ।

तर कुमार रिजालहरु लगायतका केही नेताहरु बाहेक राप्रपाबाट यो सत्याग्रहमा संस्थागत समर्थन र सहभागिता पहिलो दिनसम्म देखिएको छैन । बिचमा समर्थन र सहभागिता हुन सक्ने संभावना भने जीवित नै छ ।

वौद्धिक जगतबाट डा. सरेन्द्र केसी र डा. केवी रोकायाहरु सत्याग्रही सिलवालका कडा समर्थक हुन् । उनलाई न्यू मिडियाबाट प्रशस्त मिडिया साथ रहेको छ ।

देशका अग्रमोर्चाका युट्यूव च्यानल र अनलाईन तथा केही साना प्रिन्ट मिडिया सत्याग्रही सिलवालको पक्षमा खुलेर लागेका छन् । ठूला भनिने कर्पोरेट मिडियाहरुको आखाँमा यो सत्याग्रह अझै बिग न्यूज बनिरहेको छैन ।

देशका अग्रमोर्चाका युट्यूव च्यानल र अनलाईन तथा केही साना प्रिन्ट मिडिया सत्याग्रही सिलवालको पक्षमा खुलेर लागेका छन् । ठूला भनिने कर्पोरेट मिडियाहरुको आखाँमा यो सत्याग्रह अझै बिग न्यूज बनिरहेको छैन ।

तर मुद्धा सही छन् भने अब ठूला मिडियाले वाईपास गरे पनि न्यू मिडियाकै बलमा पनि जनमत उनको पक्षमा बढ्न सक्छ । जो नेपाली पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म हिन्दूत्वको पक्षमा छन्, तिनको सदिच्छा र सद्भावले पनि सिलवालका भोकै बस्ने ७२ घण्टाहरुलाई ठूलो उर्जा दिनेछ ।

संयोग नै हो, तिहार अघि पूर्वराजा ज्ञानेन्द्र शाहसंग लामो भेटवार्ता गरेर आएका सिलवालले अहिले भोकहड्ताल आन्दोलन सुरु गरेका छन् । यसअर्थमा कसैले उनलाई वा उनको सत्याग्रहलाई पूर्व राजाको उक्साहटको भोकहड्ताल भनेर आलोचना पनि गर्न सक्छन् ।

तर खासमा उनले पूर्व राजाजलाई भेट्नु पूर्व नै यो सत्याग्रहको औपचारिक घोषणा गरिसकेका थिए । त्यसैले उनको पूर्वराजासंगको भेटपछि सत्याग्रहको साईत जुर्नु एक संयोग मात्रै हो । भलै उनको मागमा राजसंस्थासहितको हिन्दू राष्ट्र पुनस्र्थापनाको माग पनि छ ।

स्वास्थ्य क्षेत्रका मुद्धा समेटेर डा. गोविन्द केसीले १७ पटकसम्म सत्याग्रह गरिसकेको मुलुकमा सिलवालको मुलुकको राजनीतिक व्यवस्था र संविधान विपरितको यो मुद्धा वा सत्याग्रहको यो पहिलो प्रयासले नै उनको माग र उद्देश्य पूरा गरिहाल्ला भन्न सकिन्न । तर यो कित्ताका मानिसहरुको आत्मवल, उत्साह र हौसला बढाउन सिलवालको सत्याग्रह एक काशेढुंगा साबित हुन सक्छ ।

उनको पूर्वराजासंगको भेटपछि सत्याग्रहको साईत जुर्नु एक संयोग मात्रै हो । भलै उनको मागमा राजसंस्थासहितको हिन्दू राष्ट्र पुनस्र्थापनाको माग पनि छ ।

पहिलो सत्याग्रहलाई नागरिक जनमत बुझ्ने र नयाँ शैलीबाट हिन्दूत्व र राजसंसथाका लागि शान्तिपूर्ण संघर्षलाई नयाँ गति दिन सिलवालको सत्याग्रह एक परीक्षण आन्दोलन पनि हो । ७२ घण्टाका उज्याला दिन र काला रात उनले राजनीतिक परिवर्तनको ऐतिहासिक मञ्च रत्नपार्कबाट गुजारिरहँदा थप परिस्थिति कस्तो बन्छ, त्यो भने हेर्दै जाँदा छर्लग हुँदै जाला ।

सिलवालको लागि कठिन तर आन्दोलनको शैलीका हिसावले सत्याग्रह आफैंमा अरुलाई हानी नपुर्याउने कठोर आन्दोलन भएकाले पनि उनको सत्याग्रहलाई अन्यथा भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो

नारायण गाउँले । के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर