राप्रपा संयुक्तको धार्मिक जागरणयात्रा जनकपुरबाट सुरु, रेखा थापा कार्यक्रमको प्रमुख आकर्षण



जनकपुरधाम । नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बिहीबारदेखि धार्मिक जागरण यात्रा शुरु गरेको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सुरु गरेको हो ।

जागरण यात्रा जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट शुरु भएर चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । यो अभियान मङ्सिर ४ गतेसम्म चल्नेछ ।

केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले यात्राको शुभारम्भ गर्दै संसारमै एक मात्र सिङ्गो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा आरम्भ गरेको जानकारी दिए ।

अध्यक्ष राणाले नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गर्न लागेको जानकारी दिए ।
अर्का केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाललाई हिन्दु राष्ट्र स्थापनाका निम्ति संविधानमा नै स्थापना गर्नुपर्ने हुनाले यसको लागि चरणबद्ध अभियान थालेको बताए । जागरण अभियानको उद्घाटनामा नेपाली चलचित्रकी नायिका रेखा थापा पनि पुगेकी थिइन् । उनी कार्यक्रमको प्रमुख आकर्षण बनेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार