‘व्यथित काव्य सम्मान’ घोषणा



काठमाडौं । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको हालै बसेको कार्यसमितिले कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) लाई ‘व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।

कवि उदय निरौलाका ‘कोलाहल पिएर’, ‘जराहरु किमार्थ मर्दैनन्’, ‘शीतको लहर’, ‘उदय निरौलाका प्रतिनिधि कविताहरु’, ‘अस्ताउँदो घाम टेकेर’, कवि श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ कविताकृतिहरु प्रकाशित छन् ।

यस्तै कवि रमेश श्रेष्ठका ‘चराहरुको पहाड’, ‘आमा नदीहरु’, ‘बुद्ध बिम्ब अक्षर बिम्ब’, ‘घाँस उखेलिरहेकी केटी’, ‘रोदी रोएको देशमा’, ‘कविताको उज्यालो’, ‘अग्निनृत्य’, ‘चोक र तमसुक, ‘नपोतिएका रंगहरु’, कवि कृसु क्षेत्रीका ‘बोधिसत्वको मृत्युउत्सव’, ‘चराको गीत’, ‘आगोको मूर्च्छना’, ‘रगतको दरबार’, ‘नीलो आँसु’, ‘अर्द्द्मुदित आँखाहरु’, ‘माफ गर’ जस्ता कविता, गजल र गीतका कृतिहरु प्रकाशित छन् ।

यस्तै कवि मोमिला जोशीका ‘पैयु फूल्न थालेपछि’, ‘नीलो–नीलो आकाश र दुई थोपा आँसु’, ‘जूनकीरीहरु ओर्लिरहेछन’, ‘दुर्गम उचाइमा फूलको आँधी’, ‘भीमसेन थापाको सुसाइड नोट’ जस्ता कविताकृतिहरु प्रकाशित छन् भने कवि गीता कार्कीका ‘मलाई अँध्यारो नै चाहिन्छ’, ‘सालका ठुटा र एक टुक्रा घाम’ र ‘आमा किरणहरुको छालमा’ जस्ता कविताकृतिहरु प्रकाशित छन् ।

साहित्यिक पत्रकार सङ्घबाट विसं २०३९ मा स्थापित व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका सुपरिचित कविलाई प्रदान गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरु दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, मोहन दुवाल, कृष्ण जोशी, डा राममान तृषित, विमल निभा आदि सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य

साहित्यकार शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् ।

बिहीबारदेखि सुरु हुने जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

  जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य