लघुकथा : बदला



प्रभादेवी पौडेल।
वर्षा यामको समय थियो। पानी झमझम परिरहेको थियो। सुलोचना आफ्ना वृद्ध बाको जन्मदिन मनाउन माइती जाँदै थिइन् । माइती पुग्न केही समय लाग्ने भए पनि उनले पैदलै हिँडेर जाने विचार गरिन् । पक्की बाटो भनेर के गर्नु बाटोमा निक्कै खाल्डा खुल्डी थिए । उनी मनमा अनेक कुरा सोच्दै हिँडिरहेको बेलामा पछाडि वाट एउटा मोटरसाइकल हुइँकिँदै आयो र अर्को साइडमा ठाउँ भए पनि उनी नजिकैको बाटो भएर पुरै हिलो छ्यापिदियो ।

उनी हिलो पानीले निथ्रुक्क भइन् र भनिन् ,-“अलि विचार गरेर चलाउनुपर्छ नि भाइ ।” उसले जङ्गिदै भन्यो , -“कान पनि छैनन् कि क्या हो ,सिधै माथी जाने बिचार छ ? मोटरसाइकलको आवाज सुनेर बाटो छोड्नु पर्दैन ? “यो सुनेर उनी अक्क न बक्क भइन् । मास्क लगाएको रेनकोट ओढेको हेल्मेटले टाउको पुरै ढाकिएको मान्छेको अनुहार पहिचान गर्न गाह्रो थियो । उसको पाराले उनी जिल्ल परिन् । दोबारा बोलौँ भने आजभोलिका जवान केटा उम्लिएको रगत उल्टो पछाडिबाट हान्न के बेर भनेर चुपचाप हिँडिरहिन् ।

उनी माइतीघर नपुग्दै बाटोमा एकान्त ठाउँमा एकजना युबा बिजुलीको पोल नजिकै घोप्टो परेको अबस्थामा देखियो। उसलाई ऊ आफै चढेको मोटर साइकलले अठ्याइ रहेको थियो। अनुहार रगतले पोतिएर न चिनिने अबस्थामा थियो। यो दृश्य देखेर उनी झस्कीईन्।बिचरा के कामले हिडेको थियो भन्दै उठाउन गईन् । उनलाई भाइको झल्को आयो। हत्त नपत्त मोटरसाईकल उता पल्टाईदिएर उसलाई सजिलोगरि सुताइन्। दुर्घटना जटिल थियो । घाइते पीडाले छटपटाइरहेको थियो ।

सुलोचनाले बाबाको जन्मदिन भन्दा घाइतेको उपचारलाई प्रथमिकतामा राखेर तुरुन्तै एम्बुलेन्स बोलाएर हस्पिटल लगिन् । नाक र मुखबाट अत्यधिक रक्तस्राब भएकोले डाक्टरले भने, -“धन्न बेलैमाथी ल्याउनु भयो एक छिन ढिलो भएको भए भन्न सकिन्थेन।” जतिसक्यो छिटो उस्को उपचार शुरु गरि धेरै ठाउॅमा सोधी खोजी गरेर परिवारजनको जिम्मा लगाइन्।

उनी हिँड्ने बेलामा त्यो युवकले पुलुक्क आँखा हेर्यो र हात समाउॅदै भन्यो, -“आन्टी मलाई माफ गर्नुहोस् ! हिलोका बदलामा हजुरले मलाई जीवनदान दिनुभयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई