लघुकथा: कुटुम्ब



प्रभादेवी पौडेल।
आमाले आफ्नो भागको ज्युनी बिक्री गर्ने बेलामा सबै छोरा छोरीलाई भेला गराइन्। बाले मर्ने बेलामा भनेका थिए,-” म त अब जाने भएँ रुक्मिणी अलिकति आफ्नो नामको बेचेर छोरीलाई पनि हेर है ।” त्यसैले उनले आफुलाई अलिकति पैसा राखेर सबैलाई बाॅडी दिईन्। सबै भेला भएको मौका पारेर आमालाई पाल्ने कुरामा निक्कै छलफल भएपछि छोरीले भनि, -“हिड्नु आमा यस्तो अपमान सहनु भन्दा मसंग जाउँ।”

उनी दायाँ बायाँ नसोची झोला बोकेर छोरीको पछि लागिन्। यो कुरा ज्वाईलाई मन परेन र एकान्तमा लगेर भने ,-“पैसा बोक्न गएकी, आमा पो बोकेर आयौ त?” उसले उत्तर दिई ,-“यो घरमा हजूरको जति अधिकार छ मेरो पनि त्यतिनै छ बुझ्नु भो? ”

केहि दिनमै बा आमा पालो गर्ने क्रममा उनीहरुकै पालो आएको थियो। ज्वाईले आफ्ना बा आमालाई लिएर आए।
केही दिन त रमाइलै भयो तर बिस्तारै झगडा शुरु भयो। सम्धिनी सम्धिनी झगडा गरेर बस्न खानै भएन। आफ्नी छोरीले पनि जागिर खाएकी हुनाले छोरीकी आमा पनि के कम हुन्थिन् र? उता झन् गाउँमा धनी मानी टोपलिएका ज्वाईका खलक केमा हट्थे र? बेलुका घर फर्कदा दुबैले दिन भरिको कुरा लाउॅथे। यो कुराले बिस्तारै पति पत्निको बिच सम्बन्ध को दूरी पनि टाढिदै जान थाल्यो।

एक दिन दिउसो सानो कुरामा बाझ्दा सम्धिनीले मुख छोडिन् ,-“घरमा नअटाएर छोरीकोमा आउनू छ अझ फुर्ती। “यो कुराले उनलाई निक्कै छोयो। उनलाई एकछिन पनि बस्न मन लागेन। छोरी आउने बित्तिकै भनिन्-” छोरी यो घरमा तिमी मात्रै छैनौ ,त्यसैले म घर जान्छु।”
छोरीले रुँदै रुँदै आमालाई माईतीमा पुर्याएर आई। आमाले घरमा पुग्ने बित्तिकै नातिलाई काखमा च्याप्तै लामो सास फेरेर भनीन्, -“सपना पनि नराम्रा देखें, तिमीहरुको मायाले बस्नै मन लागेन र आएँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई