डा. प्रदीप ढकालको एक आध्यात्मिक प्रेमकथा ‘एन्टोनिया’ आउँदै



मित्रहरु नमस्कार !
एउटा सानो प्रयासस्वरुप ‘एन्टोनिया’ (एक आध्यात्मिक प्रेमकथा) उपन्यास तयार भएको छ । बाहिरी पृष्ठ यही फोटोअनुरुपको बनेको छ । यसमा म यहाँहरुको सुझावको अपेक्षा गर्दछु ।

यस उपन्यासमा नेपाली समाजमा हुर्केको एक व्यक्ति आफू हुर्केको समाजसँगसँगै विश्व परिवेशसँग पनि अन्तरक्रिया गर्दछ । सनातन धर्म र दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानमा रहँदै विश्वमञ्चमा उभिएर जीवन र जगतको परिभाषा दिइरहन्छ ।

प्रेमीहरु एकअर्कासँग सामाजिक जीवनमा नबाँधिइकन पनि प्रेम गरिरहन सक्दछन् । प्रेमको उर्जालाई मानव, प्राणीसेवा र जगतकल्याणका लागि लगाउन सक्दछन् । आँखा बन्द गरेर होइन कि आँखा खुलै राखेर प्रकृति, जीवन र जगत नियाल्दै ध्यानस्थ हुन सक्दछ । एकअर्कासँग भौतिक रुपमा टाढा भए तापनि पृथ्वीको नजीक रहेको चन्द्रमामार्फत् पनि आफ्नो प्रेमी वा प्रेमिकासँग प्रेमको सन्देश आदानप्रदान गर्न सक्दछन् भन्ने सन्देश पुस्तकमा पाइन्छ ।

जीवनका कतिपय घटना वा विषय यस्ता हुँदा रहेछन् कि छोटो समयका लागि नै किन नहोस्, जसमा आफ्नो सम्पूर्ण शक्ति र ऊर्जा लगाइएको हुन्छ, त्यसैमा केन्द्रित रहेर बाँच्दा वर्षौँमा बाँचिरहेको अनुभव हुने रहेछ । छोटो समय नै किन नहोस्, समर्पित प्रेमको लहरले जीवनपर्यन्त साथ नछाड्ने रहेछ ।

जीवनमा केही रिक्तता यस्ता हुन्छन्, जसलाई भर्न र पुर्नका लागि प्रेमीहरु भौतारिइरहन्छन् । प्रेमलाई पाउने ध्याउन्नमा नै मानव समाजका विभिन्न अवयव चलिरहेका छन् । सभ्यता, संस्कृति आदि सबै प्रेमका परिणाम हुन् । यस्तो लाग्छ कि प्रेम नपाएकाहरुले आ– आफ्नो अधुरो–अपुरोपनलाई भुल्न र छोप्न गरेको सिर्जनाका कारण समाज र आ– आफ्नो परिधिमा फैलाएका सञ्जालले विश्व समाजको निर्माण भएको छ ।
संसारमा व्यक्ति–व्यक्तिका व्यक्त कथाहरु निकै कम हुन्छन् । तर, अरूका व्यक्त–अव्यक्त कथामा समाहित भएपछि सबै आफ्नै कहानीजस्तो लाग्दारहेछन् । उपन्यासकारले पनि तिनै कथाहरुमा आफूलाई समाहित गर्ने कोसिस गर्दछ ।
करीब ४०० पृष्ठको उपन्यास ‘एन्टोनिया’ले अध्यात्म र जीवनको परिभाषा र जीवन जिउनुको सार्थकता दर्शाउने प्रयास पनि गरेको छ ।
नयाँ वर्ष वि.सं. २०७८ को वैशाखमा पाठक समक्ष पुस्तक आउने अपेक्षा गरेको छु ।

डा. प्रदीप ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको