‘डाक्टर साहेवको क्लिनिक’
प्रभादेवी पौडेल।
लघुकथाः डाक्टर साहेवको क्लिनिक
-“ए बाबु अलि बिस्तारै गर न निक्कै गार्हो भयो मलाई ” आमा जोडजोडले सबैको हात फुस्काऊन खोज्दै थिइन्।अर्को आयो फेरि मुखमा पाइप घुसाउन बल गर्यो झन् मुखबाट रगत नै निस्कियो। एबं रितले पाँच जनाले पालै पालो गरि इन्डोस्कोपिको लागि मुखबाट पाइप घुसाउन बल गरे। अन्तिममा एउटा मुलीले यसरी भनि गरेर देखाए। आमालाई निक्कै गार्हो भै सकेको थियो। सबैले दुर्बीनले पालै पालो हेरे। खासै केही देखिएन।
डाक्टरले बिरामितिर पुलुक्क हेरेर ,दीसा पिसाब रगत ऐक्सरे सबै गर्नलाई लेखिदिए। आमाले सोधिन् ,-“बाबु यो सबै जाँचेर रोग पत्ता लगाऊँदा कति समय लाग्छ होला?” त्यस्तै कम्तिमा हप्ता दिन जति लाग्छ होला आमा।” उनी धैर्य गरेर आफ्नो उपचारमा खटीइन्। भने अनुसारको औषधि खाँदा पनि बीसको उन्नाईस भएन ।औषधि सकिएपछि फेरि उनी हस्पिटल गईन् र भनिन् ,-” बाबु यो औषधिले त काम गरेन।” -“डाक्टरले भने ,-” मैले सन्चै हुन्छ भनेको काहाँ थिएँ र यो खाएर हेरौ नभए अर्को पटक अर्कै औषधि चलाऊँला भनेको होइन र आमा ?हजुरलाई गाउँ जाने त्यस्तो हतार नै भएको भए बनस्थलीमा मेरो क्लिनिक छ, म बिहान बेलुका त्याही हुन्छु हजुरलाई पनि पायक पर्ने त्यतै आउनू।”
उनी डाक्टरको सल्लाह अनुरुप त्यतै गईन् । डाक्टरले धेरै समय लगाएर राम्रो संग जाँचे। फेरि इन्डोस्कोपि गरेर हेर्दा आमाशयमा सानो घाऊ देखियो।उनी अब त रोग पत्ता लाग्यो भन्दै निक्कै खुसी भईन्। न भन्दै आधा रोग त जाँच गर्दैमा निको भएको अनुभूत गरिन् र भनिन्,-“आज पाएप राख्दा त्यति गार्हो भएन ,त्यहाँ त क्याबिधी डाउडर हुन् , कोही त हाम्रो कान्छाको छोरो सुमने जात्रा ,साटो नापो त अझ यतै सस्तो पर्ने रहेछ बाबु ,अब बिरामी भएर आउॅदा त्यता नगई सिधै यतै आएर जाँच्नु पर्ला।”