लघुकथा: नेतृत्व
प्रभादेवी पौडेल
बीना बारीमा काम गर्दै थिइन्।उताबाट हर्के उनीतिर आउॅदै थियो। उनले बिच बाटैमा रोकेर भनिन्,-” कता हो बाबु, यस्तो हस्याङ् फस्याङ् गरेर?” -“ए बीना भाउजु पो! कस्तो सम्योग मैले त हजुरलाई एउटा खुसीको खवर सुनाउन भनि आएको। ” -“के होला त्यस्तो खुसीको खवर हामी पनि सुनौं न।” -“थाहा छ भाउजु समानुपातिक कोटामा पाटीले हजूरको नाम पठाएको छ।” -“त्यतिकै बिना खवर किन पठाएको होला! आफू त ल्याप्चे भन्दा एक कक्षा माथि परियो,न मन्चमा गएर भाषण गर्न आउॅछ ,लामो समय सम्म पाटी भनेर पछि लागेर हिँडेको मात्र हो बाबू ।” -“त्यति आत्तिई हाल्नु पर्दैन भाउजु, राजनितिमा माथि जानलाई त्यस्तो धेरै नै कहाँ पढ्नु पर्छ र एउटा बोल्ने कला र लेखेको अक्षर पढ्न जाने भैहाल्छ ,बोल्ने तरीका त हामी सिकाई हाल्छौं नी, पाटी संगठीत भयो भने लौरोले पनि अबसर पाउॅछ भाउजु नेताले केहि गर्नु पर्दैन सबै कार्यकर्ताले गर्ने हुन याहाँ त निक्कै सजिलो छ , बस् पार्टिले बिस्वास गरे पुग्यो।”
उनलाई कता कता चसक्क दुख्यो कति लामो समय सम्म पाटीमा लागेर जेल नेल परेका ब्यक्तिको पालो आएको छैन म जस्तोले मौका पाउने ! अर्को तिर एकबारको जुनिमा उनले यसलाई अबसरको रुपमा लिईन्। दुर्गमकी मान्छे सुगममा घर किनिन् सबै परिवार त्यहि घरमा आएर बसे। हर बिषयबस्तुको छलफलको सुचना अघिल्लो दिन थाहा हुने हुनाले उनले घरमा आएरअरुको सहायताले नोट बनाएर लाने गर्दथिन् । एक दिन सहयोगी काम बिषेसले बाहिर गएका थिए। उनी बिचलित भईन्।आफै कनीकुथि तयार गरिन्।बोल्ने पालो आयो। डायरी हेरिन् तर आफुले लेखेको आफै पढ्न सकिनन्। सबै सांसदहरु गलल हाँसे।
त्यसदिनको कार्यक्रम बेलुका टेलिभिजनमा प्रसारित भयो। छोराको नजर त्यसमा पर्यो। उसलाई नराम्रो लाग्यो र आमासंग भन्यो, -“आमा म बिदेश जान्छु।” -” किन जानुपर्यो बिदेश तंलाई पुग्ने मनग्य त मैले कमाई हालेकी छू बाबु ।” आमाका कुरा सुनेर छोरोले भन्यो,-” हजुरले आर्जन गरेको सम्पतिले कति दिन पुग्छ र आमा ? देशको सम्पुर्ण बिकाश राजनितिमा निर्भर हुने हुनाले त्यति भिजन र मिसन भएका ब्यक्तिको हातमा छैन यो देश , हजुर को पालो सदा रहिरहन्छ भन्ने पनि छैन ,त्यसैले
भोलिका सन्ततिको भबिश्य पनि खोजी गर्नु परेन र?”