लघु कथाः सङ्कल्प
तोयानाथ सुवेदी ।
कुनै अजनवि थियो उसले धेरै संकल्प गर्थ्यो सबैका सामु गाउँ गाउँ वस्ती वस्ती डुलेर बाचा गर्थ्यो म यसो गर्छु उसो गर्छु भन्दै । त्यो बेलामा उसका कुरा सुनेर सबै मख्ख पर्थे ओहो ! यो मान्छेले त कुरा सुन्दा त क्यै गर्दा जस्तो लाग्छ भनेर समस्त गाउँ वस्तीका मान्छेहरू मख्ख परेछन् र उसैलाई विश्वास गर्न लागे। किनकि त्यो भन्दा बाठो र चतुर खेलाडी कोही थिएनन्।सबै सोझा सादा मात्र । आफ्नो कर्म गरेर इमानदारसँग कमाएर मात्र खान्थे। तैपनि गाउँमा केही अभावहरू थिए त्यो पूरा कसैबाट हुने आशा कस्मा हुदैन र ? त्यसैले ऊ प्रति ठूलो विश्वास राखेका थिए।
समय वित्दै जाँदा ऊ त्यो क्षेत्रको लिडर चुनियो । त्यसपछि गाउँको सबै विकास निर्माण गर्न जनताले विश्वास गरेर सुम्पेछन् सबैथोक उसकै हातमा र आम्दानी र खर्चको जिम्मेवारी उसैको हातमा आयो अनि आम्दानी र खर्चको सबै अधिकार जब आफ्नो हातमा गएको थियो तत्पश्चात धन देखेपछि महादेवका त्रिनेत्र भनेझैं उसले अरूसँग गरेको सबै संकल्प भूलेछ र त्यसको बिकल्प सोचेर आफ्नो दुनो सोझ्याएर आफैं मोज मस्ती गरेछ बसेछ । पहिले अरूसँग गरेका सबै बाचा बन्धनहरू तोडेर ।