लकडाउन गरे अर्थतन्त्रले नथेग्ने



लकडाउन गरे अर्थतन्त्रले नथेग्ने
खोले अस्पतालले बिरामी नथेग्ने
गरिब देशलाई मार दोहोरो
यता टाले उताबाट चुहिने

अमेरिकामा झन् घाटाको हिसाब
मान्छेको ज्यानभन्दा डलर प्यारो
मान्छे मरे मरुन्, डलर नमरोस्
मर्ने मर्दै गर्छन्, डलर नहारोस्

लगिसक्यो महामारीले २ लाख मानिस
अंकमात्र हैन, ती हुन् मानिस
कसैका बा आमा छोरा छोरी
गएपछि आउन्न ज्यान फर्की

आए-गए सार्स-स्वाइन फ्लु, इबोला
हामीले सोचेनौँ भोलि अझै ठुलो महामारी आउला
गरेनौँ तयारी यसका लागि
आश गरौँ, सिक्नेछौँ , बाँचे यो महामारी

डा. सुदीप अर्याल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद्

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान