‘मलाई भनी साँची राख्या मकै आज कता गयो?’
मलाई भनी साँची राख्या मकै आज कता गयो?
अगेनोमा पोलिराको रिट्ठे भ्याकुर डरिरह्यो,
गोठालोमा पानी खाने कुवा पनि सुकि सक्यो,
तिमी आउने बाटो हेर्दा आँखा मेरो दुखि सक्यो।
लुकामारी खेलेको त्यो करेसिमा वरिपरि ,
पछ्याएको तिमीलाई रात दिन घरी घरी,
ऐठन हुन्छ मध्य रात झर्छन आँशु धर्धरी।
सताएर भाग्दै गर्दा तानेको त्यो तिम्रो चुल्ठो,
रिसाएर आँखा तरी बटारेकी तिम्ले मुन्टो,
बुझांउ मन के गरेर तिमी टाढा गए पछि,
कठै भन्ने कोही छैन आज एक्लो भए पछि।
विश्व कार्की ।