होईन तिम्ले खानै पर्छ



होईन तिम्ले खानै पर्छ
ठूलो रोज्न जानै पर्छ
जस्ले खायो उस्ले पायो
मान पायो
शान पायो
खानै पर्ने
ज्ञान पायो
जस्ले पायो
उस्ले खायो
खान हुने
खायो खान नहुने
खायो तक्मा पायो वावा पायो
आँखा खोली खायो बोली बोली खायो,
आंखा चीम्लि खायो चुप्चाप एक्लै खायो
त्येसैले जेल भित्रको हावा खायो
बाहिर आयो माला लायो सिन्दुर लायो
पार्टी धायो टिकट पायो फेरि ठूलो पद पायो,
लुटेराको साथ आयो
शपथ खायो बकम्फुसे भासण गायो
माया लायो धोका खायो फेरि आयो
कसम खायो
अनि कहिले काहीँ चप्पल खायो
तैपनी त इज्जत पायो तेसैले हेर,
तिम्ले खानै पर्छ माथी जानैपर्छ
हिसाब तेतै मिल्छ अहिले खानै पर्छ ।
विश्व कार्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य