आज



आज

अस्थायी जीवनका स्थायी पानाहरु,

पल्टाइन्छ आज ।

अधुरो प्रेमको पूर्ण पाठ,

पढिन्छ आज ।

 

बलिन्द्र आँशुका स्रोतहरुलाई,

अनुरागका स्मृतिमा सल्काइन्छ आज ।

चालमय समयको पटुकी फुकालेर,

कालजयी कालको कात्रो बनाइन्छ आज ।

 

अमरत्वको अकाल मृत्युमा,

शोक मनाइन्छ आज ।

पीडाको जन्मोन्सवमा,

हर्षोल्लास भरिन्छ आज ।

 

युगान्तकारी क्रान्तिको भ्रान्ति,

सखाप पारिन्छ आज ।

गोलो बारूदका साथ,

शान्ति बिगुल फुकिन्छ आज ।

 

सुक्ष्म प्राणीकोषिकामा,

नव ब्रह्माण्ड खोजिन्छ आज ।

पवित्र ईश्वरालयमा,

कामुक चित्र हेरिन्छ आज ।

 

पापिष्ट दुशासनको राज्यमा,

सुशासनको शंखनाद गरिन्छ आज ।

कुटिलताको अदृश्य रेखा,

बोधित्वले मेटिन्छ आज ।

 

समृद्धताको खोक्रो नारालाई,

घोक्रेठ्याँक लागाइन्छ आज ।

बेदना प्रताडित चेलीलाई,

पक्कै न्याय दिलाइन्छ आज ।

विश्व कार्की 

कार्की नेपाली, हिन्दी, उर्दु, अङ्ग्रेजी लगाएतका विभिन्न भाषाका कवितामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा लोकार्पण

काठमाडौं । समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको

पहिले पार्टीले गुण्डा प्रयोग गरे….

पहिले पार्टीले गुण्डा प्रयोग गरे, पछि तिनै गुण्डाले पार्टी कब्जा गरे । पहिला

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ ।