चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि, १६ कार्यपत्र प्रस्तुत हुने



काठमाडौं । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुने कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । असोज ३० गतेसम्म प्रस्तुत कार्यपत्रमाथि छलफल हुनेछ ।

सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवंम पर्यटकीय स्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० गतेको कार्यक्रम चन्द्रागिरिमा गरिने प्रतिष्ठानले जनाएको छ । उक्त दिन नेपाल पर्यटन बोर्डको तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयक प्रस्तुतिसमेत गरिनेछ ।

औपचारिक कार्यक्रम यसै दिन सकिने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए । अगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिक स्थलको भ्रमण गराइनेछ । सम्मेलनको मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

बेलुकी प्रतिष्ठानको प्रेक्षालयमा नेपाल चिनाउने विविध प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमले अन्तर हिमालय साहित्य र सांस्कृतिक प्रवद्र्धनसमेत गर्ने बताएको छ ।

यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो । प्रतिष्ठानले आफ्ना गतिविधिलाई अन्तर्रा्ष्ट्रियस्तरमा पुर्याउने र विश्वका नवीनतम् प्राज्ञिक प्रवृत्तिसँग नेपाली स्रष्टा–द्रष्टा एवम लेखकलाई परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थासँग दुईपक्षीय सहमति कायम गरी अनुभव आदानप्रदानका साथै अन्तर्रा्ष्ट्रियस्तरका गोष्ठी, सम्मेलन र अन्तक्र्रिया कार्यक्रमसमेत गर्ने क्रममा कार्यक्रम गर्न लागिएको हो । यस क्षेत्रका अन्य देशले आयोजना गरेका साहित्यिक कार्यक्रममा प्रतिष्ठानले सहभागिता जनाउँदै आएको छ ।

सम्मेलनमा विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । सो अवसरमा कुलपति उप्रेतीले नेपाल–चीन अनुवाद ब्यूरो स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रतिष्ठानले भारत र बङ्गलादेशका साहित्यिक कृति पनि अनुवाद गर्ने तयारी गरेको छ । यसका लागि चीन र दक्षिण एशियाली देशका साहित्यिक संस्थासँग सहमतिसमेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित

काठमाडौँ । सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान

भानु जयन्तीमा  नेपाली भाषाको स्तरीकरणको चासो

श्याम रिमाल । जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार

काठमाडौँमा रुसी कविता वाचन

  काठमाडौँ ।  रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको शनिबार