नारी वेदना



नारी वेदना

स्थीर शान्त मेरो मनोतलाउमा,
अनायास तिम्रो डुबुल्की;
जलक्रिडामा मग्न तिमी,
निशब्द म ।

तरंगहरु तरंगित,
अन्तराग्नी मेरो जलाशय भित्र;
अनौठो अनुभूति, अबोध्य अनुभव,
अगम्य अनुराग, अकल्पित आकांक्षाहरु ।

आलिंगन अनवरत रुपमा,
अवर्णनीय अवयवको अन्तरंग;
चुम्बकीय चुम्बन,
प्रशंसनीय प्रेमालाप;
प्रफुल्ल तन, प्रफुल्ल मन ।

अचानक मेरा वक्ष स्थलमा पीडा,
मेरा लज्जास्थलमा भूकम्प;
वेदना, छटपटी, असह्य,
विषादीयुक्त मेरो तलाउ ।

कृतघ्न तिमी, अभिष्ट इच्छापूर्ती,
कतै दूर पलायन,
अस्पष्ट मेरा नयनहरु,
अकमक्क रक्त अश्रुपूर्ण ।

 

विश्व कार्की 

कार्की नेपाली, हिन्दी, उर्दु, अङ्ग्रेजी लगाएतका विभिन्न भाषाका कवितामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा लोकार्पण

काठमाडौं । समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको

पहिले पार्टीले गुण्डा प्रयोग गरे….

पहिले पार्टीले गुण्डा प्रयोग गरे, पछि तिनै गुण्डाले पार्टी कब्जा गरे । पहिला

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ ।