बिछोडको पीडा तिम्रा
विश्व कार्की
बिछोडको पीडा तिम्रा पनि
उस्तै होलान्
आँखा भित्र मेरो पीडा
देख्दा तिम्रो मन रोलान
कठैबरी भन्ने यहाँ आज हाम्रो
को नै छ र ?
विधाताले गर्दा हामी
हुन पुग्यौं पर पर
फुकेका ती गालाहरु आज
कठै सुकी गए
सुन्दर ती ओठहरु कल्पनामै
रही रहे
तर मेरो माया अझै गंगासरी
पवित्र छ,
यो मुटुको हरेक कुना तिमी विना
अधुरो छ.
निराशाको बादलभित्र आशा
कतै हराएछ
बादल फाटो घाम लाग्दा
फेरि माया पलाएछ
फेरि माया पलाएछ ।
कार्की नेपाली, हिन्दी, उर्दु, अङ्ग्रेजी लगाएतका विभिन्न भाषाका कवितामा कलम चलाउँछन् ।