अमेरिकामा भेटियो ’आधा भाले, आधा पोथी’ चरा



अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए । द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन् । भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन् ।

यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ । अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले बीबीसीलाई भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’ हिलका साथीले उनलाई उनले एउटा अस्वाभाविक चरा देखेको बताएकी थिइन् । सुरुमा हिलले उक्त चरा ’लूसिस्टिक’ होला भन्ठानेका थिए । चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ’लूसिसिजम’ अर्थात् ’पाण्डु’ भनिन्छ । उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन ।

तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ’बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए । बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन् । उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए ।

जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन् । जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन् । आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन् । उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा ’बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम’को सर्वेक्षण गरेका छन् ।

शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रुण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन् । नेशनल जियोग्राफिकका अनुसार सन् २०१९ मा एक दम्पतीले नजिकैबाट त्यसै क्षेत्रमा यस्तै चरा देखेका थिए । हिल अहिले देखिएको चरा पनि त्यही हुन सक्ने अनुमान गर्छन् । प्राध्यापक पीरका अनुसार नोर्दन कार्डिनल उत्तरी अमेरिकामा जताजतै पाइने चरा हो । यसको भाले र पोथीलाई सहजै चिन्न सकिने भएकाले उभयलिङ्गी चरा चिन्न पनि सजिलै सकिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा

पाकिस्तानको कश्मिरमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई

किर्गिजस्तानमा मिनी ट्रकको ठक्करबाट ३१ बालबालिका घाइते

दक्षिणी किर्गिजस्तानमा एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना

इरानद्वारा गार्डहरूले यौन दुर्व्यवहार गरी किशोरीको हत्या गरेको रिपोर्टलाई अस्वीकार

महसा अमिनीको मृत्युपछि सन् २०२२ मा भएको विरोध प्रदर्शनमा रिभोल्युसनरी गार्डहरूले यौन दुर्व्यवहार