पुरानो टीभीले १८ महिना पूरै गाउँको ब्रोडब्यान्ड इन्टरनेट अवरुद्ध



एउटा गाउँमा प्रत्येक दिन बिहान ७ बजे ब्रोडब्यान्ड इन्टरनेट किन अवरुद्ध हुन्छ भन्ने रहस्य एउटा पुरानो टेलिभिजन सेट फेला परेपछि सुल्झिएको छ । सेन्ट्रल वेल्सस्थित आबेर्होसान गाउँमा बस्ने एक व्यक्ति उनको पुरानो टीभीले पूरै गाउँको इन्टरनेट अवरोध गर्ने एक किसिमको सङ्केत उत्सर्जन गर्छ भन्नेबारे अनभिज्ञ थिए ।

पूरै तार फेर्दा पनि इन्टरनेटको समस्या यथावत् भएपछि इन्जिनियरहरूले अनुसन्धान सुरु गरेको थिए । तर त्यतिबेलासम्म १८ महिना भइसकेको थियो । ती घरधनीले उक्त टीभी प्रयोग नगर्ने वाचा गरेका छन् र त्यो गाउँमा इन्टरनेट सेवा स्थिर बनेको छ । ओपनरीच कम्पनीका इन्जिनियरहरू लगातार उत्पन्न समस्याबाट चकित थिए र त्यसको कारण पत्ता लगाउन जुटे ।

एउटा मोनिटरिङ उपकरणको प्रयोगबाट उनीहरूले समस्या कहाँ छ भन्ने कुरा पत्ता लगाए । ती घरधनी प्रत्येक दिन बिहान ७ बजे आफ्नो टेलिभिजन खोल्थे र त्यसबाट उत्पन्न हुने विद्युतीय तरङ्गले ब्रोडब्यान्ड इन्टरनेटको सिग्नलमा अवरोध पुर्याइदिन्थ्यो । परिचय खुलाउन नचाहेका ती घरधनी आफ्नो टेलिभिजनका कारण समस्या उत्पन्न भएको विषयमा लज्जित रहेको ओपनरीचले जनाएको छ।

“उनीहरू तत्काल टीभी बन्द गर्न र कहिल्यै नखोल्न सहमत भए,“ इन्जिनियर माइकल जोन्सले भने । समस्या कहाँ छ भन्ने पत्ता लगाउन इन्जिनियरहरूले “इलेक्ट्रिकल नोइज“ पत्ता लगाउनका लागि स्पेक्ट्रम एनलाईजर भनिने उपकरण बोकेर गाउँमा हिँड्न थाले । “बिहान ७ बजे त्यस्तो हुन्थ्यो,“ जोन्सले भने।

अवरोधको कारण पत्ता लागेपछि उक्त समस्या नदोहोरिएको उनले बताए । ओपनरीचकी सुज्यान रदरफर्डका अनुसार घरबाहिर जडान गरिएका बत्तीदेखि माइक्रोवेभजस्ता विद्युतीय साधनले ब्रोडब्यान्ड इन्टरनेटमा समस्या पार्न सक्ने सम्भावना रहन्छ । “हामी सर्वसाधारणहरूलाई आफ्ना विद्युतीय उपकरण राम्रोसँग प्रमाणित भएको र त्यसले हालका मापदण्ड पूरा गरेको सुनिश्चित गर्न सुझाव दिन चाहन्छौँ,“ उनले भनिन् । “अनि तिनमा समस्या देखिए आफ्नो सेवा प्रदायकलाई रिपोर्ट गर्नुहोस् । त्यसो गर्दा हामीले त्यसबारे अनुसन्धान गर्न सक्छौँ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८