मेरो स्वर्ग कता हरायौ ? सज्जनहरु किन डरायौ ?
मेरो स्वर्ग, कता हरायौ ?
मेरो स्वर्ग, कता हरायौ ?
देवगणहरु किन डरायौ ?
कृष्ण अरुको श्रीमती ताक्छन
बिष्णुका नेत्र जमिनमा लाग्छन
गर्छन उनी कुकामहरु
फस्छन कैयन बलरामहरु
ईश्वर र शङ्खर सबै उस्तै
श्रमिकका पीर जस्ता तस्तै
रामचन्द्र त सोझा थिए, अन्तरघातका सिकार भए
हे माधव भनौँ कसरी, ढुलमूल नीति लिन्छौ जसरी
गोकुल निवासी, छैनन मृदुभाषी
बस्छन अहिले, दुलोभित्र पसि
काजी धरेका नारन परे, दुखमा सधैँ अगाडि बढे
अहिले उन्लाई कस्ले पुज्ने, भित्री इच्छा कस्ले बुझ्ने ?
बसन्तको पनि प्रचण्ड राप छ
चारै तिर भ्रष्ट ताप छ
सदाचार पोइल गइन, सबको सामु लज्जित भइन
भन्थिन आमा- बाबु राम पढेर गर राम्रो काम
बितर्क कुतर्क नगर्नु नानी, असल मान्छे बन्नु ज्ञानी,
बिप्लव धारा उर्लि आउँछ, सुन्दर स्वर्ग सब डुबाउँछ।
झल झल याद आयो नाथको, पुकार बेकार सब अनाथको,
चुपचाप अब नरक नै जाऊ बाम गाथा बिषालु गाऊ,
देव गाथा गयो कता खोइ नेत्र लाल भैगयो रोई,
पशुपतिले शम्शेर भिरे, मन्दिर छाडी दरवार छिरे
मेरो स्वर्ग कता हरायौ ?
सज्जनहरु किन डरायौ ?
(ईश्वरलाई म नमन गर्छु, तर ईश्वर नामरुपी कलिका केही मानिसहरुको चर्तिकला देखाउन खोजिएको हो।)
विश्व कार्की