एन्टार्कटिकामा भेटियो विश्वमै सबैभन्दा गहिरो स्थान



पृथ्वीको सबैभन्दा अग्लो स्थान सगरमाथा शिखर हो भने सबैभन्दा गहिरो स्थान कुन होला? पृथ्वीको जमिनमा सबैभन्दा गहिरो स्थान पूर्वी एन्टार्कटिका डेनम्यान हिमनदीको मुनि भएको पत्ता लागेको छ।

हिउँ भरिएको सो घाटी समुद्र सतहभन्दा ३.५ किलोमिटर (११,५०० फिट) गहिरो छ। समुद्रमुनि रहेका स्थानमात्रै त्यो भन्दा गहिरा छन्।

सो तथ्य एन्टार्कटिकाको नयाँ नक्सामा देखाइएको छ जहाँ बाक्लो हिउँमुनि रहेको महादेशको जमिनको आकारप्रकार देखाइएको छ।

हिउँ वा पानीले नपुरिएको पृथ्वीको सबैभन्दा गहिरो जमिनको भाग डेड सीको किनार हो जुन समुद्री सतहभन्दा ४१३ मिटर गहिरो छ।

“सागरमा रहेका खाडलहरू यो भन्दा गहिरा छन् तर यो नै जमिनमा भएको सबैभन्दा गहिरो घाटी हो,” सो नयाँ नक्सा बनाउन छ वर्ष काम गरेका डा. म्याथ्यु मोर्लिघम भन्छन्।

“डेनम्यानको फेदमा आवाज पुर्‍याएर यसको गहिराई नाप्ने धेरै प्रयास भए तर प्रत्येक पटक त्यहाँ माथिबाट त्यस्तो कार्य गर्ने हवाईजहाज उड्दा राडार तथ्याङ्क देख्न सकिएको थिएन।”

“यो यति गहिरो छ कि नाप्ने आवाज भित्ताहरूमा ठोक्किएर प्रतिध्वनि आउँछ र गहिराई नाप्न गार्‍हो हुन्छ।” सागरमा रहेको सबैभन्दा गहिरो स्थान प्रशान्त महासागरको मारियाना ट्रेन्च समुन्द्री सतहभन्दा झन्डै ११ किलोमिटर तल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ