रगत खोज्न ‘केएसडी ब्लड एप’



कर्णाली । के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ ।

रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ । कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको सो एप शनिबारदेखि पूर्णरूपमा अद्यावधिक भएको बताए । उनले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतमा इन्टरनेटको सुविधा जोडिएसँगै ब्लड एपले पूर्णरूपमा अद्यावधिक हुने भएको बताए ।

“हामीले सुर्खेत जिल्लाका बिरामीका लागि चाहिने रगत पाउन सहज होस् भनेर एपको निर्माण र सञ्चालन गरेका थियौँ”, उनले भने, “तर पूर्णरूपमा अद्यावधिक हुन नसकिरहेको अवस्थामा ब्लड बैंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो ।”

हाम्रो साझेदार संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतसँग समन्वयमा वल्र्ड लिङ्कले सहुलियतमा इन्टरनेट जडान गरिदिएपछि सहज भएको अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एपमार्फत छिटोछरितो तरिकाबाट रक्तदाताहरूको डाटा खोज्न सहज हुने बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तवरबाट रक्तदाताहरूसँग सम्पर्क गर्न सकिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय