टीभीको स्क्रीन चाटेर खानेकुराको स्वाद चाख्न सकिने



जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ । टेस्ट–द–टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने ‘स्वच्छ झिल्ली’ मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन् ।

मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ । बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ ।

‘घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्य हो,’ उनले रोयटर्ससँग भने । स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न उनले उत्पादकहरूसँग कुरा गरिरहेको बताइएको छ । प्राध्यापक मियाशिताले स्वाद ’डाउनलोड’ गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना गरेका छन् ।

उनका अनुसार कोभिड–१९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाइदिन सक्छ । तर केही मानिसले महामारीको बेला स्वाद चाख्न मिल्ने टीभी सार्वजनिक गर्ने उपयुक्त समय नभएको धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

अर्का एक जनाले भने कोभिडकालमा ‘महत्वपूर्ण आविष्कार गर्न सकिने धेरै सम्भावना’ भएको भन्दै ठट्टा गरे । विगतमा पनि मियाशिता र उनका विद्यार्थीले स्वादसँग सम्बन्धित विभिन्न साधनहरू बनाएका छन् । तीमध्ये एउटा काँटाले ‘खानाको स्वाद अझै राम्रो’ बनाउने बताइन्छ । पत्रकारहरूलाई एक विद्यार्थीले उनको नयाँ आविष्कार प्रयोग गरेर देखाइन् ।

ती छात्राले आफूलाई ‘गुलियो चकलेट’ चाहिएको उक्त उपकरणलाई बताइन्। केही प्रयासपछि उनले निर्देशन दिएअनुसार त्यसले प्लास्टिकको झिल्लीमा चकलेटको स्वाद छर्किदियो । त्यो चाखेपछि उनले भनिन्, ‘यो मिल्क चकलेटजस्तो छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड