अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन पारित



अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए ।

गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ । त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो ।

अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूका पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ । यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीवार संशोधन सहित पारित गरेको हो। सिनेटले सो कानुन पारित गरिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा