सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि



दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ ।

सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ । सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो ।

कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो । यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई दुई खर्ब १२ अर्ब डलर पुगेको छ । कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ ।

यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो । कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रविधिले खाद्य सुरक्षाका लागि उदीयमान अर्थतन्त्रमा कृषिलाई आकार दिन सक्छ:  विश्व आर्थिक मञ्च

  विश्व आर्थिक मञ्चले जारी गरेको एक प्रतिवेदनले विश्वव्यापी कृषि प्रणालीलाई आकार दिने

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

  आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं

इजिप्टमा गाजा युद्धविराम योजनाको हमासले आज जवाफ दिने

  हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा आज गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहरित

  दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको