कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण



कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाका बारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ । सर्वेक्षणमा अमेरिकाभरीका २१ हजार जना सहभागी भएका थिए ।

सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो । सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये झण्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए । अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको संजाल मार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।

उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए । त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये चार प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमुलक अनलाईन, एप्स, सामुदायिक पत्रिका लगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए ।

सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयु) को वेभसाइटमा बुधबारदेखि राखिएको छ । एनयुको राजनीति शास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको बताए ।

अध्ययनकर्ताहरुका अनुसार तुलनात्मक रुपमा बृद्ध व्यक्तिभन्दा ४५ बर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ । सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगका बीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ । गलत सूचनाको शिकार भएका ११ जना मध्ये आठ जनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

वेब डिजाइन प्रवृत्तिको भविष्य

वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको भर्चुअल (अनलाइन) अनुहारको रूपमा काम गर्दछ ।

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

बाबुराम अर्याल । आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो