सिङ्गापुरमा कन्ट्याक्ट ट्रेसिङका लागि विशेष उपकरण वितरण



सिङ्गापुरमा कोरोनाभाइरस सङ्क्रमणको गति नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि एउटा विशेष उपकरण बाँड्न थालेको छ । ट्रेसटुगेदर नाम दिइएको उक्त उपकरण सरकारले निर्माण गरेको कन्ट्याक्ट ट्रेसिङ मोबाइल एपको विकल्पका रूपमा बाँडिएको हो । यो उपकरण मोबाइल फोन प्रयोग नगर्ने वा मोबाइल फोनमा सो एप राख्न नचाहने व्यक्तिहरूलाई लक्षित गरिएको छ । कतिपयले यसबाट गोपनीयता कायम हुने वा नहुने भन्ने विषयमा प्रश्न उठाएका छन्।
कसरी काम गर्छ?
यो उपकरण पहिलो चरणमा जोखिममा रहेका तर पारिवारिक सहयोग कम पाउने वा नपाउने एवम् हिँडडुल गर्न नसक्ने वृद्धवृद्धालाई बाँडिएको छ । ती प्रत्येक उपकरणका छुट्टाछुट्टै क्यूआर कोड रहेको छ र नौ महिनासम्म बिनाचार्ज चल्ने बताइएको छ । त्यो उपकरणले ब्लूटूथको माध्यमबाट नजिकै रहेका अन्य यस्तै उपकरण वा मोबाइल एपसँग सम्पर्क राखेर काम गर्छ । कोही सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेका रहेछन् भने यो उपकरणको तथ्याङ्कको आधारमा स्वास्थ्य अधिकारीहरूले जानकारी दिने बताइएको छ । सङ्क्रमण पुष्टि भएपछि त्यो उपकरणका भएका तथ्याङ्कहरू सङ्कलन गरेर त्यसको आधारमा सम्पर्कमा आएका व्यक्तिहरूको जानकारी बटुलिने बताइएको छ।
के हुन् अन्य विशेषता?
मन्त्रीहरूले यो उपकरणले व्यक्तिको हिँडडुलका बारेमा तथ्याङ्क नबटुल्ने भएकाले गोपनीयताबारे उठेका प्रश्न उचित नभएको बताएका छन्। सिङ्गापुर सरकारले यो उपकरणका तथ्याङ्क इन्क्रिप्टिड हुने र २५ दिनसम्म उपकरणका रहने बताएको छ। ती तथ्याङ्क उपकरणबिना इन्टरनेटबाट सङ्कलन गर्न नसकिने बताइएको छ। यो उपकरणमा इन्टरनेट वा जीपीएस नरहेको बताइएको छ । सिङ्गापुर सरकारका अनुसार यसको मोबाइल एप मार्च यता २१ लाख व्यक्तिले डाउनलोड गरिसकेको बताइएको छ । अधिकारीहरूले लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि खुला गर्न अझ धेरै मानिसले सो एप डाउनलोड गर्नुपर्ने वा उपकरण प्रयोग गर्नुपर्ने बताएका छन् । ती उपकरण सिङ्गापुरस्थित पीसीआई कम्पनीले निर्माण गरेका हुन्। सो कम्पनीले यस्तो तीन लाख उपकरण निर्माण गर्नका लागि ४३ लाख अमेरिकी डलरका बोलकबोल गरेको बताइएको छ । सिङ्गापुरमा आइतवार २१३ नयाँ सङ्क्रमण थपिएको छ र कुल सङ्क्रमितको सङ्ख्या ४३,४५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा