गुगलले किन हटायो प्लेस्टोरबाट ६ वटा एप ?



एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट जथाभावी एपहरु डाउनलोड गर्ने गरेको छ भने होशियारी अपनाउनुपर्ने भएको छ । प्लेस्टोरमा रहेका कतिपय एपहरु प्रयोगकर्ताका लागि जोखिमपूर्ण हुने गरेको पाइएकाले होशियारी अपनाउनुपर्ने भएको हो ।

गुगलको प्रमाणीकरण प्राप्त गरी प्लेस्टोरमा ठाउँ पाएका कतिपय एपहरुले प्लेस्टोरमा छिरिसकेपछि प्रयोगकर्तालाई हानी गर्ने अवाञ्छित गतिविधि गर्ने गरेका छन् । हालै गुगलले यस्तै गतिविधिमा संलग्न क्याम स्क्यानर नामक चर्चित एपलाई प्ले स्टोरबाट हटाइदिएको छ ।

उक्त एपले प्रयोगकर्ताका डाटाहरु विज्ञापनको प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइएको थियो । गुगलले हटाइदिएपछि क्याम स्क्यानरका डेभलपर्सले एपमा रहेको गल्ती तत्काल सुधार गरी गुगललाई अनुरोध गरेपछि गुगलले उक्त एपलाई पुर्नस्थापित गरेको थियो ।

पछिल्लोपटक गुगलले विभिन्न ६ वटा यस्तै एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ । ती एपहरुले प्रयोगकर्तालाई हानी पूराउने अवाञ्छित क्रियाकलाप गरेको पाइएपछि गुगलले यस्तो कदम चालेको हो । ती सबै एपहरु अहिलेसम्म ५० करोड पटक डाउनलोड भैसकेका छन् ।

ती ६ वटा एप मध्ये चारवटा भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भिपिएन एप हुन् । जसमा हटस्पट भिपिएन, फ्रि भिपिएन मास्टर, सेक्योर भिपिएन र सिएम सेक्योरिटी एपलक एन्टिभाइरस रहेका छन्। अन्य दुईवटा एपहरु क्यामरा एप हुन् ।

जसमा सन प्रो ब्यूटी क्यामरा र फन्नी स्विट ब्यूटी सेल्फी क्यामरा एप रहेका छन् । गुगलद्वारा हटाइएका उक्त चारवटा भीपीएन एपहरु चिनियाँ डेभलपर्सले निर्माण गरेका हुन् ।

यी एपहरुले स्मार्टफोनमा असंख्य ठगी विज्ञापनहरु पठाउने गरेको पाइएको छ । त्यस्तै अन्य दुई क्यामरा एपले पप अप्स विज्ञापनको सहायताले पैसा कमाउने गरेको भन्दै गुगलले हटाइदिएको छ ।

त्यस्ता विज्ञापनहरु पृष्ठभूमिमा चलिरहने र त्यसले डिभाइसको ब्याट्री खपत गर्नुका साथै डिभाइसलाई समेत स्लो गराउने गरेको पाइएको थियो ।

साथै यी एपले प्रयोगकर्ताको अडियो रेकर्ड गर्ने अनुमति माग्ने लगायतका अनेकन अवाञ्छित गतिविधि समेत देखाउने गरेको पाइएको छ । साइबर सेक्योरिटी अनुसन्धानकर्ताहरुले हालै विभिन्न २४ वटा एन्ड्रोइड एपहरुमा भाइरसले आक्रमण गरेको खुलासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज

काठमाडौं । विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध

बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्ध

बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

टेलिकमको एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान

काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक

टेलिकमको ई–सिम लिनेको संख्या २९ हजार पुग्यो

काठमाडौं । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको