प्रहरी प्रमुख थापामाथि राप्रपा अध्यक्षले उठाए प्रश्न, युवा संघको सहअध्यक्ष बनेको आरोप



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपी दीपक थापा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काठमाडौंको तिनकुने घटनालाई लिएर आइजीपी थापामाथि यस्तो आरोप लगाएका हुन् ।

संसदीय समितिमा आइजीपी थापाले अश्रुग्यास एक्सपाइरी डेटको नभएको बताएका थिए । त्यसैलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले आइजीपीमाथि आक्रोश पोखेका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन । प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ । अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ ।’

अध्यक्ष लिङ्देनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि आग्रह गरे । उनले चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको प्रदर्शनपछि देशको राजनीतिक घटनक्रममा केही परिवर्तन भएको बताए ।

उनले राजावादीको प्रदर्शनमा राज्यको तर्फबाट आतंक सिर्जना गरिएको भन्दै हिंसा भड्काएको आरोप जनाए। उनले भने, ‘राप्रपा हिंसामा विश्वास गर्दैन। जेका लागि भए पनि हिंसाको विरोध गर्छ। १५ गते भएको हिंसाको निन्दा र खेद प्रकट गर्दछौँ । त्यो हिंसा राज्यका तर्फबाट गरिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल

लुम्बिनी । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको वर्तमान प्रणालीलाई सुधार

सदनमा कसैले गलत बोले पनि त्यसलाई रेकर्डबाट हटाउन नभन्न पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा

७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छुः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर

नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको उपप्रधानमन्त्री सिंहको दाबी

ललितपुर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष