शोषण र उत्पीडनको प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको होः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षप पुष्पकमल दाहाल प्रचण्डले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध जनयुद्ध गर्नुपरेको बताएका छन् ।

३० औं जनयुद्ध दिवसको अवसरमार शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भनेका छन्, ’अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन । यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो।’

त्यस्तै उनले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना भएको र यसमा गर्व गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’

उनले समाज रुपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी माओवादीमा रहेकाले क्रान्तिको तयारीमा लाग्न आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं । हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ । जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हाम्रो अगाडि छ । इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन म आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पार्छौंः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा

बाबुरामको प्रस्तावः फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फागुन १ गतेलाई ’जनक्रान्ति दिवस’ को रुपमा मनाउनुपर्ने

सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन

तनहुँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको