जसपा नेपाल अनिर्णित हुँदा अध्यादेश राष्ट्रियसभामा पेश गर्ने निर्णयबाट पछि हट्यो सरकार



काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेश आज सदनमा निर्णयार्थ पेस नहुने भएका छन् । जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि सरकार अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।

बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकाले अध्यादेशलाई लिएर सहमति जुटाउने प्रयास भइरहेको बताएको छ । बैठकमा सरकारले अझै सहमतिको पहल भइरहेकाले अध्यादेशसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा नराख्न आग्रह गरेको थियो ।

कानुनमन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन् ।

त्यसपछि आजको बैठकमा अध्यादेश पेश नगर्ने गरी अन्तिम कार्यसूची तयार गरिएको हो । ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको

अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका