मुकुम्लुङ्गको प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथि दमन नगर्न सरकारलाई जसपाको आग्रह



काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विषयलाई लिएर हाल भइरहेको आन्दोलन वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको छ ।

तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।

साथै बैठकले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरेको छ ।

किराँत–लिम्बुवानको सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथि दमन नगर्न पनि जसपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी अध्यादेशको विषयमा मङ्गलबार सिंहदरबारमा बस्ने जसपा नेपाल संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले तीन प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।

बैठकले आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई निर्देशनसमेत दिएको जसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरिस सम्झौताअनुरुप सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पेरिस सम्झौताअन्तर्गत सन् २०४५ सम्ममा

‘विपिन जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको छ’

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको

माओवादी पदाधिकारी बैठकद्वारा नेताहरुको कार्यविभाजन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित