सरकारले संसदको पहिलो बैठकमै अध्यादेश पेस गर्ने



काठमाडौं । सरकारले ल्याएका अध्यादेश संसद अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा पेस गरिने भएको छ ।

सोमबार बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू माघ १८ मा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिएका छन् ।

यस्तै, मंगलबार बिहान ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ । त्यस्तै संसद सचिवालयले हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।

माघ २३ र २४ गते सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदीप ज्ञवाली भन्छन्-पूर्वराष्ट्रप्रमुख र उपप्रमुख पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित होइन

  लुम्बिनी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड प्यानलका सापकोटा निर्वाचित

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा विरोधसभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको

रास्वपाले सदनमा उठाउँदैछ यी विषय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने