प्रचण्ड दुईदिन प्रधानमन्त्री ओलीको जन्मथलो आठराईमा बस्ने, साथमा वर्षमान



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम भ्रमणमा निस्किएका छन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । प्रचण्डसँगै पार्टी उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम प्रस्थान गरेका छन् ।

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने र एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् । प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् । उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘काठमाडौँमा गठबन्धन सरकार फेरिँदा धादिङ अस्पतालको अध्यक्षसमेत परिवर्तन हुने अवस्था छ’

सुमना श्रेष्ठ । ‘३५०० जनसङ्ख्या भएको ठाउँमा ६०० भोट ल्याउनेले चुनाव जित्छ। त्यही

प्रयागराजमा चलिरहेको कुम्भमेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

बीबीसी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा भागदौड मच्चिएको छ ।

प्रधानमन्त्रीद्वारा नयाँवर्षको उपलक्ष्यमा चिनियाँ राष्ट्रपतिलाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति

थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप