हमासले गाजामा बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहाइको क्षण, तस्बिरमा



बीबीसी । हमासले शनिवार थप चारजना इजरायली बन्धकहरू छाडेको छ। गत आइतबार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूह हुन् । ती सबै चार जना बन्धकहरू इजरायली महिला सैनिकहरू हुन् ।

उनीहरू करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा नेभी र लिरी अल्बाग छन् । यसअघि युद्धविराम सुरु भएकै दिन गत आइतबार हमासले तीनजना महिला बन्धक छाडेको थियो । शनिबार नै मुक्त हुने अपेक्षा गरिएका एकजना इजरायली सर्वसाधारणको नाम हमासले सार्वजनिक गरेको सूचीमा थिएन ।

इजरायलले त्यसको बदलामा झण्डै २०० जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । यस आदानप्रदान प्रक्रियालाई रेडक्रसले मध्यस्थता गरिरहेको छ । बन्धकहरू छुट्ने तयारी भइरहँदादेखि नै गाजा सीटीको केन्द्र भागमा सर्वसाधारणहरूको भीडसहित दर्जनौँ हमास लडाकुहरू देखापरेका थिए ।

सैन्य पोसाकमा रहेका लडाकुहरूमध्ये केहीले बन्दुक बोकेका देखिन्थे । इजरेलतर्फ तेलअभिभको होस्टेज स्क्वायरमा मानिसहरू जुटेर ठूलो पर्दामा गाजाको प्रत्यक्ष खबरको दृश्य हेरिरहेका छन् । मुक्त भएका बन्धकहरूको प्रतिक्षामा उनीहरूका परिवारका सदस्यहरू गाजासँगको सीमामा पुगेका छन् ।

हमासले आउँदा सातामा पहिलो युद्धविरामको पहिलो चरणमा छाडिने बाँकी २६ जना बन्धकहरूबारे जानकारी दिने अपेक्षा गरिएको छ । इजरायलले मुक्त गरिने आफ्ना प्रत्येक सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारणबराबर ३० जना प्यालेस्टिनी बन्दीहरू छाड्ने सहमति जनाएको छ ।

सम्झौता अनुसार झण्डै छसाता लामो हुने युद्धविरामको जारी पहिलो चरणमा हमासले ३३ जना इजरेली बन्धक छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका झण्डै एक हजार ९०० प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् ।

हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरायल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरायलले उनीहरूलाई नस्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ४६ हजार ८७० जनाको ज्यान गइसकेको छ।

Photo by Omar AL-QATTAA / AFP

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले अधिवेशनका लागि धेरै तयारी गरेको भने पनि महत्त्वपूर्ण भनिएका विधेयक संसद सचिवालयमा आएका छैनन् : सभामुख घिमिरे

काठमाडौं ।  सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान र सङ्घीयता कार्यान्वयनसँग

महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एकजनाको मृत्यु

नयाँदिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको

अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ

ह्युस्टन । आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षका छोरालाई विदेश यात्रामा प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिथा राजापाक्षलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ