शंकर पोखरेलको प्रश्नः ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक, जनताले रोजेका पार्टीले नेतृत्व गर्दा अप्राकृतिक ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरुले सरकारको आलोचना गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले केपी ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहनेहरुले सरकारको आलोचना गरेको आरोप लगाएका हुन् ।

उनले देशलाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु एमाले र त्यसको नेतृत्व विरुद्ध चौतर्फी घेराबन्दी गरी आक्रमण गरिरहेका बताए ।

उनले भने, ‘मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ । तर यस्तोबेलामा नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरि एकपटक एमाले र त्यसको नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी एवम आक्रमण गरिरहेका छन् ।’

महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकारले जनतामा आशा जगाएको दाबी गरे । उनले दुई ठूला पार्टीको मिलन अप्राकृतिक भए जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने कुरा प्राकृतिक हुन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘२७५ सीट भएको संसदमा ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक हुने, जनताले रोजेका पार्टीहरुले सरकारको नेतृत्व गर्दा चाहिँ अप्राकृतिक हुन्छ ? आज प्रचण्ड सत्ता गुमाएको छटपटीबाट विचलित भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

चियाको भारत निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि